अष्ट्रेलियामा

अस्ट्रेलियाले आफ्नो सीमा सुरक्षा गर्ने क्षमताको सुदृढीकरण गरेको छ। अवैध तरिकाले डुङ्गाबाट अस्ट्रेलिया आउन खोज्नेहरु को खोजि गरिनेछ, उनीहरुलाई रोकिने छ र फिर्ता पठाइने छ।

अवैध ढंगले समुद्री बाटो हुँदै आउनेहरुका लागि अस्ट्रेलियाको सीमा बन्द रहेको छ।

मानव तस्करी, अवैध रुपमा अस्ट्रेलियामा बसाँई सर्ने प्रयासको रोकथाम र मानव तस्करीका लागि प्रयोग हुने डुङ्गामा हुने असुरक्षित समुद्री यात्रालाई निरुत्साहित गर्न अस्ट्रेलियाले कठोर सीमा सुरक्षा नीति अपनाएको छ।

कुनै खतरा नरहेको खण्डमा मानव तस्करीका लागि प्रयोग हुने डुङ्गाहरु फिर्ता पठाउने अस्ट्रेलियाको नीति रहेको छ।

अवैध ढंगले डुङ्गामार्फत अस्ट्रेलिया आएका कसैलाई पनि अस्ट्रेलियामा बस्न दिईदैन।

दुर्भाग्यवश, मानिसहरु आफ्नो पैसा नष्ट गर्दै र आफ्नो ज्यान जोखिममा राखेर गलत तरिकाले अस्ट्रेलिया प्रवेश गर्न खोज्छन्।

अस्ट्रेलियाको सीमा सुरक्षा र मानब तस्करी विरुद्धको लडाई अस्ट्रेलियाली सरकारको मात्र काम हैन; यसमा सबैको भूमिका रहेको छ

आफ्नो समुदायमा रहेका मानिसहरु, वा विदेशमा रहेका साथीभाई र परिवारसँग अस्ट्रेलियाको कठोर सीमा सुरक्षा नीतिको चर्चा गरेर तपाई सहयोग गर्न सक्नुहुन्छ।

  • अस्ट्रेलियाली भिषाका साथ सहि तरिकाले अस्ट्रेलिया आउन मानिसहरुलाई प्रोत्साहित गर्नुहोस्;
  • अवैध ढंगले डुङ्गामा अस्ट्रेलिया आउनु जोखिमपूर्ण रहेको र समय र पैसाको नाश हुने भनी बुझाउनुहोस्।
  • मानव तस्करी बारे गतिविधिहरु बोडर्र वाचलाई १८०० ००९ ६२३ मा रिपोर्ट गर्नुहोस्। जानकारीहरु आफ्नो नाम नखुलाई पनि दिन सकिन्छ।

अस्ट्रेलियाका सीमाहरु अवैध अध्यागमनका लागि बन्द रहने छन्।

म उपरथी क्रेग फुरिनि हुँ। अस्ट्रेलियाको अपरेशन सोभरेन बोर्डर्सको नयाँ कमाण्डरको रुपममा अवैध यात्रा गरि अस्ट्रेलिया आउन खोज्नेहरुलाई मेरो एउटा सरल सन्देश छ। मेरो नेतृत्वमा अस्ट्रेलियाका सीमाहरु अवैध अध्यागमनका लागि बन्द रहने छन्। यदि तपाईंले अस्ट्रेलिया प्रवेश गर्न अवैध यात्रा गरेमा तपाईंलाई रोकिनेछ र तपाईं देश वा यात्रा शुरु गरेको देश फिर्ता पठाईनेछ। अस्ट्रलिया आफ्नो सीमाको सुरक्षा र समुन्द्रमा मारिनेहरुको मृत्यु हुन नदिन गम्भीर रहेको छ। यसमा परिवर्तन हुने छैन। वर्ष भरिको प्रत्येक दिन अस्ट्रेलिका सीमाहरु माथि निगरानि राखिन्छ, गस्ती गरिन्छ र सुरक्षित राखिन्छ, र हाम्रो सीमा सुरक्षा बल पहिले भन्दा निकै बलियो रहेको छ।

अस्ट्रेलियाको सीमा सुदृढ गरिएकाछन्

अस्ट्रेलियाको सीमा सुदृढ गरिएकाछन्

पाँच बर्ष अघि अस्ट्रेलियाली सरकारले अपरेशन शोभरेन बोडर्स सुरु गरे देखि हामी यहाँ आउने डुङ्गाहरु रोक्न सफल भएका छौ र अस्ट्रेलियामाथि रहेको मानव तस्करिको खतरा पनि रोकेका छौं ।.

अस्ट्रेलियाली अधिकारीहरुले ३३ पोतहरु अबरोधित गर्नुका साथै ८२७ जनालाई उनीहरुले यात्रा सुरु गरेकै स्थान फिर्ता पठाएको, र क्षेत्रीय साझेदार हरुसँगको सह-कार्यमा ७० भन्दा बढी मानव-तस्करीका यात्राहरु सुरु हुनु अगाडीनै रोक्न सक्षम भएका छन् .

जल-मार्गबाट हुने मानव-तस्करी ले अस्ट्रेलियाली सीमा सुरक्षा माथिको खतरालाई जारी राखेको छ ।.

हालै भिएतनामबाट आएको मानव-तस्करहरुको डुङ्गा यो खतरा टरि नसकेको एउटा सामयिक सन्देश हो।.

यी मानिसहरु बारे छिटो पत्ता लगाई, नियन्त्रणमा लिई उनीहरुको घर फर्काईएको थियो।. अस्ट्रेलियामा कोहि पनि बस्न पाएनन् ।.

र उक्त डुङ्गा असफल भएता पनि, मानव-तस्करहरु ले उक्त डुङ्गाको आगमनलाई कमजोर अवस्थामा रहेका मानिसहरुलाई डुङ्गामा यात्रा गर्न प्रोत्साहित गर्न विज्ञापनको रूपमा प्रयोग गरिरहेका छन् .

अपराधी मानव तस्करहरुको कुरा नसुन्नुहोस्।.

अस्ट्रेलियाले यस खतरा विरुद्ध लड्न जल तथा हवाई निगरानी बढाएको छ ।.

यदि तपाई अस्ट्रेलिया गैरकानूनी रुपले डुङ्गाबाट पस्न खोज्दै हुनुहुन्छ भने, तपाईलाई रोकिनेछ।.

हाम्रा सीमा सुरक्षाका नीतिहरु बदलिएका छैनन् र बदलिने पनि छैनन्।.

हामी आफ्नो देशको सार्वभौमता र सुरक्षामा सम्झौता गर्दैनौ।.

क्षेत्रियरुपमा अध्यागमनको प्रशोधन गर्ने नीति जारी रहने छ र क्षेत्रिय प्रसोधन केन्द्रमा रहेका कसैलाई पनि अस्ट्रेलियामा पुनर्बास गराइने छैन।.

अपरेशन शोभरेन बोडर्स बारे जोड दिनाले मानब-तस्करहरु र उनीहरुका सेवा प्रयोग गर्नेहरुलाई कडा सन्देश पठाउदछ। अस्ट्रेलियाको सरकारको सीमा-सुरक्षित् राख्ने, मानब-तस्करहरुलाई निस्तेज पार्ने, र समुन्द्रमा ज्यान जाने खतरा रोक्ने अठोट पहिलेझैं बलियो रहेको छ।.