अष्ट्रेलिया बाहिर

अस्ट्रेलियाले आफ्नो सीमा सुरक्षा गर्ने क्षमताको सुदृढीकरण गरेको छ। अवैध तरिकाले डुङ्गाबाट अस्ट्रेलिया आउन खोज्नेहरु को खोजि गरिनेछ, उनीहरुलाई रोकिने छ र फिर्ता पठाइने छ।

अवैध ढंगले समुद्री बाटो हुँदै आउनेहरुका लागि अस्ट्रेलियाको सीमा बन्द रहेको छ।

अनधिकृत रुपमा अस्ट्रेलिया प्रवेश गर्न खोज्ने कसैलाई पनि उनीहरुले यात्रा शुरु गरेको ठाउँमा फिर्ता पठाइनेछ, उनीहरुको देश फिर्ता पठाईन्छ वा अन्य देश पठाइनेछ।

अवैध ढंगले डुङ्गामार्फत अस्ट्रेलिया आएका कसैलाई पनि अस्ट्रेलियामा बस्न दिईदैन।

अस्ट्रेलियाको सीमा सुरक्षा गर्न, मानव तस्करीलाई निस्तेज पार्न र जोखिमपूर्ण डुङ्गामा समुद्री यात्राको प्रयास गर्ने मानिसहरुलाई निरुत्साहित गर्न अस्ट्रेलियाको कठोर सीमा सुरक्षा नीतिहरु निर्माण गरिएका हुन्।

मानव तस्करहरुको झूठहरुमा विश्वास नगर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गराउने झूठो वाचाहरु दिएर मानव तस्करहरु मानिसहरुसँग पैसा उठाउने गर्दछन्। उनीहरुको झूठहरुमा विश्वास नगर्नुहोस्। सत्य त यो हो कि मानव तस्करहरुलाई पैसा दिएर अस्ट्रेलिया आउनका लागि डुङ्गामा अवैध यात्रा गर्नेहरु कहिले पनि आफ्नो उद्देश्यमा सफल हुँदैनन्।

मानव तस्करहरुलाई तपाईको सुरक्षा वा तपाईको भविष्यको वास्ता हुँदैन। उनीहरुलाई मात्र तपाईको पैसासँग चासो रहेको छ।

सुरक्षित र वैधानिक यात्रा गर्नुहोस्।

अस्ट्रेलिया आउने एक मात्र तरिका रहेको छ; अस्ट्रेलियाली भिषाको साथ।

सुरक्षित र वैधानिक ढंगले अस्ट्रेलिया यात्रा गर्ने सम्बन्धमा थप जानकारीका लागि, जानुहोस् गृह मामिला मन्त्रालयको वेबसाईट मा.

अस्ट्रेलियाका सीमाहरु अवैध अध्यागमनका लागि बन्द रहने छन्।

म उपरथी क्रेग फुरिनि हुँ। अस्ट्रेलियाको अपरेशन सोभरेन बोर्डर्सको नयाँ कमाण्डरको रुपममा अवैध यात्रा गरि अस्ट्रेलिया आउन खोज्नेहरुलाई मेरो एउटा सरल सन्देश छ। मेरो नेतृत्वमा अस्ट्रेलियाका सीमाहरु अवैध अध्यागमनका लागि बन्द रहने छन्। यदि तपाईंले अस्ट्रेलिया प्रवेश गर्न अवैध यात्रा गरेमा तपाईंलाई रोकिनेछ र तपाईं देश वा यात्रा शुरु गरेको देश फिर्ता पठाईनेछ। अस्ट्रलिया आफ्नो सीमाको सुरक्षा र समुन्द्रमा मारिनेहरुको मृत्यु हुन नदिन गम्भीर रहेको छ। यसमा परिवर्तन हुने छैन। वर्ष भरिको प्रत्येक दिन अस्ट्रेलिका सीमाहरु माथि निगरानि राखिन्छ, गस्ती गरिन्छ र सुरक्षित राखिन्छ, र हाम्रो सीमा सुरक्षा बल पहिले भन्दा निकै बलियो रहेको छ।

अस्ट्रेलियाको सीमा सुदृढ गरिएकाछन्

अस्ट्रेलियाको सीमा सुदृढ गरिएकाछन्

पाँच बर्ष अघि अस्ट्रेलियाली सरकारले अपरेशन शोभरेन बोडर्स सुरु गरे देखि हामी यहाँ आउने डुङ्गाहरु रोक्न सफल भएका छौ र अस्ट्रेलियामाथि रहेको मानव तस्करिको खतरा पनि रोकेका छौं ।.

अस्ट्रेलियाली अधिकारीहरुले ३३ पोतहरु अबरोधित गर्नुका साथै ८२७ जनालाई उनीहरुले यात्रा सुरु गरेकै स्थान फिर्ता पठाएको, र क्षेत्रीय साझेदार हरुसँगको सह-कार्यमा ७० भन्दा बढी मानव-तस्करीका यात्राहरु सुरु हुनु अगाडीनै रोक्न सक्षम भएका छन् .

जल-मार्गबाट हुने मानव-तस्करी ले अस्ट्रेलियाली सीमा सुरक्षा माथिको खतरालाई जारी राखेको छ ।.

हालै भिएतनामबाट आएको मानव-तस्करहरुको डुङ्गा यो खतरा टरि नसकेको एउटा सामयिक सन्देश हो।.

यी मानिसहरु बारे छिटो पत्ता लगाई, नियन्त्रणमा लिई उनीहरुको घर फर्काईएको थियो।. अस्ट्रेलियामा कोहि पनि बस्न पाएनन् ।.

र उक्त डुङ्गा असफल भएता पनि, मानव-तस्करहरु ले उक्त डुङ्गाको आगमनलाई कमजोर अवस्थामा रहेका मानिसहरुलाई डुङ्गामा यात्रा गर्न प्रोत्साहित गर्न विज्ञापनको रूपमा प्रयोग गरिरहेका छन् .

अपराधी मानव तस्करहरुको कुरा नसुन्नुहोस्।.

अस्ट्रेलियाले यस खतरा विरुद्ध लड्न जल तथा हवाई निगरानी बढाएको छ ।.

यदि तपाई अस्ट्रेलिया गैरकानूनी रुपले डुङ्गाबाट पस्न खोज्दै हुनुहुन्छ भने, तपाईलाई रोकिनेछ।.

हाम्रा सीमा सुरक्षाका नीतिहरु बदलिएका छैनन् र बदलिने पनि छैनन्।.

हामी आफ्नो देशको सार्वभौमता र सुरक्षामा सम्झौता गर्दैनौ।.

क्षेत्रियरुपमा अध्यागमनको प्रशोधन गर्ने नीति जारी रहने छ र क्षेत्रिय प्रसोधन केन्द्रमा रहेका कसैलाई पनि अस्ट्रेलियामा पुनर्बास गराइने छैन।.

अपरेशन शोभरेन बोडर्स बारे जोड दिनाले मानब-तस्करहरु र उनीहरुका सेवा प्रयोग गर्नेहरुलाई कडा सन्देश पठाउदछ। अस्ट्रेलियाको सरकारको सीमा-सुरक्षित् राख्ने, मानब-तस्करहरुलाई निस्तेज पार्ने, र समुन्द्रमा ज्यान जाने खतरा रोक्ने अठोट पहिलेझैं बलियो रहेको छ।.